कृषीधनकुटामा पाँचौं प्रादेशिक औद्योगिक व्यापार मेला महोत्सव शुरु

धनकुटामा पाँचौं प्रादेशिक औद्योगिक व्यापार मेला महोत्सव शुरु

सुनसरी / धनकुटामा पाँचौं प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एभोकार्डो धनकुटा महोत्सव शुरु भएको छ ।

उद्योग वाणिज्य सङ्घ धनकुटाको आयोजनामा हिजो शुक्रबारदेखि यहीँ माघ १६ गते सम्म धनकुटा ५ को तल्लो टुँडिखेलमा महोत्सव सञ्चालन हुने भएको छ । कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, स्वरोजगार, समुन्नत १ नम्बरको आर्थिक विकासको आधार भन्ने मुल नाराका साथ यस पटक पाँचौँ पटक महोत्सव आयोजना भएको हो ।

भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईले महोत्सवको उद्घाटन गर्दै धनकुटाको गरिबी दर घटाउन आफ्नो महत्वपूर्ण भूमिका रहने बताएका थिए ।

गत वर्षमा धनकुटाको गरिबी घटाउन र जनताका आयश्रोत बढाउन पहल गरेको जिल्लाको १९ प्रतिशत गरिबीलाई विगतमा १३ प्रतिशतमा झारेको बताउँदै मन्त्री राईले अबको पाँच वर्षमा १० प्रतिशतमा झार्ने गरी काम गर्ने प्रतिबद्धता समेत बताए ।

उत्पादन, ब्यापार तथा विभिन्न क्षेत्रका एक सय ८० स्टल रहेको महोत्सवबाट पाँच करोड बराबरको कारोबार हुने लक्ष्य राखिएको छ । महोत्सवमा हरेक दिन कलाकार तथा गायकहरूको उपस्थितिमा मनोरञ्जनात्मक कार्यक्रम पनि हुने भएको छ ।

त्यसैगरी उक्त महोत्सवको सुरुवातमा विभिन्न जातिय झाकीहरु समेत बजार परिक्रमा, एसियाकै रसिलो तथा स्वादिलो एभोकोडाको प्रर्दशनी तथा बिक्रि बितरण,हस्तकला तथा घरेलु,उद्योगबाट उत्पादित सामग्रीहरुको प्रर्दशन, नेपाल पत्रकार महासंघको समन्वयमा प्रदेश १ का पर्यटकीय स्थलहरुको फोटो प्रर्दशनी,रमाईलो बाल उद्यान,उत्कृष्ट कृषि तथा पशुजन्य बस्तु तथा सामग्रीको प्रर्दशन,घोडचढी र विभिन्न जातिय तथा नेपाली खानाहरुको परिकारहरुको प्रर्दश्नीका साथै बिक्रि वितरण भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img