देशकोशी प्रदेशविराटनगरमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु

विराटनगरमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु

सुनसरी : मोरङको विराटनगर – ४ मा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

लु १८ प ५४५६ र प्रदेश १–०२–०४२ प ६०४९ नम्बरको मोटरसाइकल गएराति आपसमा ठोक्किएका थिए । दुर्घटनामा दुवै मोटरसाइकलमा सवार तीनजना घाइते भएका थिए । उनीहरूलाइ उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा पठाइएको थियो ।

उपचारका क्रममा ५४५६ नम्बरको मोटरसाइकलमा पछाडि सवार स्थानीय २६ वर्षीय प्रकाश महतको मृत्यु भएको प्रहरी कार्यलय विराटनगरले जनाएको छ । अरू दुईजनाको सामान्य अवस्था छ भने उपचार भईरहेको छ ।

दुर्घटनामा संलग्न अर्का मोटरसाइकल चालक फरार रहेकाले खोजी भइरहेको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img