सुनसरी \ विराटनगर महानगरपालिका- १९ की २८ वर्षीया प्रियंका सुनारको ह’त्यामा संलग्न भएको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
प्रहरी कार्यलय विराटनगरका अनुसार घटनाको अनुसन्धान अघि बढाएककोमा थप दुई जनालाई आज सोमबार दिउँसो पक्राउ गरेको हो । पछिल्लो पटक पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका- ५ का ३५ वर्षीय उमेश सरदार र विराटनगर महानगरपालिका- ७ का ५३ वर्षीय श्रीराम चौधरी रहेका छन् ।
त्यसअघि कटहरी- ५ का ६२ वर्षीय रामानन्द राम र विराटनगर- १९ का २९ वर्षीय रमेश साह पक्राउ परेका थिए । प्रियंका हत्या प्रकरणको अनुसन्धान अघि बढाउने क्रममा चार जना व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
‘हत्यामा संलग्न भएको आशंकामा सुरुमा रामानन्द र रमेशलाई पक्राउ गरिएको हो , र थप अनुसन्धानपछि उमेश र श्रीरामलाई पनि पक्राउ गरियो ।’ ह’त्यामा उनीहरुको संलग्नता छ कि छैन भनेर यकिन हुन बाँकी रहेको प्रहरीले बताए ।
विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको बताउँदै उनले घटनाको वास्तविकता पत्ता लगाउन केही समय लाग्ने भएको छ । ह’त्या गरी बोरामा पोको पारेर फ्यालेको अवस्थामा मोरङको बूढीगंगा गाउँपालिका- २ अमाहीस्थित नरसिंह चौधरीको ग्वालीमा प्रियंकाको शव फेला परेको थियो ।
घरको आँगन जोडिएको ग्वालीमा सोमबार दिउँसो १२ बजेतिर शरीरभरि चोटपटक रहेको शव भेटिएपछि नरसिंहमाथि सोधपुछ गरिएको छ नरसिंहको घरभित्र हत्या गरेपछि प्रियंकाको शव बोरामा पोको पारेर उनकै ग्वालीमा फालेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
महिलाको हत्या गरेर शव बोरामा पोको पारी फालेको सूचना आउनसाथ मोरङ प्रहरी पुगेको थियोे । शवलाई पोस्टमार्टमका लागि कोसी अस्पताल लगिएको छ ।- रासस