Monday, February 17, 2025
देशकोशी प्रदेशभोजपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बनाईने

भोजपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बनाईने

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरको एक मात्र टक्सारमा रहेको विमानस्थलमा नयाँ टर्मिनल भवन बनाउने प्रक्रिया सुरु गरिएको छ । भवन निर्माणका लागि नापजाँच र नक्सा बनाउने कार्य थालिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको पहलमा विमानस्थलमा सुविधा सम्पन्न टर्मिनल भवन निर्माणका लागि प्रक्रिया अगाडि बढेको छ ।

विमानस्थलका विषयमा गृहजिल्ला भोजपुर आउने क्रममा मन्त्री किराँतीलाई कर्मचारीहरूले विमानस्थलका विषयमा जानकारी गराएका थिए । विमानस्थल कालोपत्रे भए पनि टर्मिनल भवन र टावर पुरानै मर्मत सम्भार गरेर चलाइएका कारण समस्या हुँदै आएको नेपाल वायु सेवा निगम भोजपुरका स्टेसन मेनेजर प्रकाश खड्काले बताए । प्रमुख खड्काले भने , ‘विगतमा बनेको पुरानो भवनले काम चल्दै छ, नयाँ भवन यात्रुहरूका लागि पनि आवश्यक छ ।’

भोजपुरमा २०३५ सालबाट निर्माण कार्य भएर २०३६ देखि सञ्चालनमा आएको एक मात्र विमानस्थलमा नेपाल वायु सेवा निगमको जहाजले उडान भर्दै आइरहेको छ भने केही समय निजी कम्पनी तारा एअरलाइन्सले पनि उडान गरेको थियो । इतिहास बनेको विमानस्थलको मर्मत सुधार आवश्यक देखिएकाले यसमा सबैै पक्षले ध्यान दन जरुरी देखिएको उद्योग वाणिज्य संघ भोजपुरका अध्यक्ष कर्ण मोक्तानले बताए ।

टक्सारमा रहेको विमानस्थल ५४५ मिटर लम्बाई र २० मिटर चौडाइको रहेको छ । विगतमा विमानस्थल स्तरोन्नति हुन नसक्दा जोखिम मोलेर भए पनि भोजपुरमा हवाई उडान हुँदै आइरहेको थियो । दुर्गम जिल्ला भएकाले वृद्धवृद्धा तथा जिल्ला अस्पतालबाट अन्यत्र लग्न सिफारिस गरिएका नागरिकहरूका लागि उडान अनिवार्य बनेको छ । ‘भोजपुर जिल्लाको एक मात्र विमानस्थल सुधारका लागि मन्त्री आफैँ लागि पर्नुभएको छ, नयाँ टर्मिनल भवन निर्माण प्रक्रियाका लागि अहिले प्रक्रिया अगाडि बढाइएको छ ।’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँतीका स्वकीय सचिव नगेन्द्र भुजेलले भने । फागुन महिना भित्रमा प्रक्रिया सक्ने गरी काम गर्न पहल थालिएको छ । मन्त्री किराँती सहितको टोलीले विमानस्थलको अवलोकनसमेत गरेको छ ।

जिल्लामा उडान नियमित गर्नका लागि पनि नयाँ टर्मिनल भवन आवश्यक भएको र त्यसका लागि प्रक्रियासमेत सुरु गर्न लागिएकोमा जिल्लावासी नागरिक पनि उत्साहित देखिएका छन ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img