Sunday, September 8, 2024
देशकोशी प्रदेशप्रदेश नामकरणमा ८२ जना सांसदले ‘कोशी’को समर्थन, ४ जना सांसदको असमर्थन
spot_img

प्रदेश नामकरणमा ८२ जना सांसदले ‘कोशी’को समर्थन, ४ जना सांसदको असमर्थन

सुनसरी / प्रदेश नम्बर १ को नाम ‘कोशी’ प्रदेश राख्न प्रस्ताव गरिएकोमा प्रदेश सभाका ८२ सांसदले हात उठाएका छन् ।

आज बुधबार दिनभर प्रदेश १ को नाम ‘कोशी’नामकरण गरियोस् भनि प्रदेश सभामा राखिएको प्रस्तावमा ४ जना सांसदले हात उठाएनन् । दुईतिहाई भन्दा बढी सदस्यहरुले ‘कोशी’ प्रदेशको पक्षमा हात उठाएसँगै उक्त प्रस्तावलाई अब मतदान प्रक्रियामा लाने संसद सचिवालयले जनाएको छ ।

नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले प्रदेशसभा सचिवालयमा किराँत–लिम्बुवान–सगरमाथा नामको प्रस्ताव दर्ता गराएका छन् ।

प्रदेशको नामाकरण प्रस्ताव अघि र पछि विरोध हनसक्ने अनुमान लगाएर मोरङ जिल्ला प्रशासनले सीमित क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

-Google Ads-

बुधबार दिउँसो ३ बजेदेखि अर्को आदेश नभएसम्म प्रदेश राजधानी विराटनगरको देवकोटा चोकदेखि कोसी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीको निवासवरपर निषेधाज्ञा जारी गरिएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

४० उत्कृष्ट सरकारी कर्मचारी पुरस्कृत

स्वदेशमै बसौं कि विदेश जाऊँ?

आज गणेश चतुर्थी पर्व

भदौ २२ गते शनिवारको भाग्यफल

spot_img