देशकोशी प्रदेशइटहरीमा बाटो क्रस गर्दै गरेका एक युवकको पिकअपको ठक्करबाट मृत्यु

इटहरीमा बाटो क्रस गर्दै गरेका एक युवकको पिकअपको ठक्करबाट मृत्यु

सुनसरी | इटहरी ८ मा बाटो क्रस गर्दै गरेका एक युवकको पिकअपको ठक्करबाट मृत्यु भएको छ ।

कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार हिजो बेलुका इटहरी ८ स्थित कर कार्यालय नजिकैको मुख्य राजमार्गमा पिकअपले ठक्कर दिँदा अन्दाजी ३५ वर्षीय युवकको मृत्यु भएको हो ।

इटहरीबाट खनारतर्फ जाँदै गरेको नम्बर नखुलेको सेतो रङको पिकअप गाडीले बाटो क्रस गर्दै गरेको पैदलयात्री तत्काल नाम, थर, वतन नखुलेको युवकलाई ठक्कर दिएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका युवकको विराट नर्सिङ होममा उपचारको क्रममा राति ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी साधन फरार भएका खोजि भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img