Monday, January 13, 2025
देशकोशी प्रदेशमोरङबाट एसईई परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

मोरङबाट एसईई परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

सुनसरी / मोरङको ग्रामथान गाउँपालिकास्थित एक विद्यालयमा एसईई दिँदै गरेको अवस्थामा नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

अनिवार्य विज्ञान विषयको परीक्षा दिने क्रममा बुधबार ग्रामथान गाउँपालिका- २ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट २८ वर्षीया सुस्मिता लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । लिम्बूले कल्पना लिम्बूको परीक्षा दिइरहेको अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।

नरग्राम माध्यमिक विद्यालय टंकीसिनवरीकी परिक्षार्थी सिम्बल नं. ००९१२४९७ भएकी कल्पनाको परीक्षा दिइरहेको अवस्थामा सुनसरी धरान उपमहानगरपालिका- ५ की सुस्मिता लिम्बुलाई पक्राउ गरेको प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका लिम्बूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img