सुनसरी / इटहरी वडा नम्बर १२ का तिव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा एक जना युवाको मृत्यु भएको छ ।
इटहरी १२ स्थित मुख्य राजमार्गमै दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १७ प ९०४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा धनकुटाको साँगुरीगढी गाउँपालिका -३ बस्ने अन्दाजी ३२ वर्षीय हेमचन्द्र लिम्बू रहेका छन् ।
टाउकोमा चोट लागेर गम्भीर भएका उनको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतष्ठिानमा मृत्यु भएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । दुर्घटनामा सोही ठाउँका ३३ वर्षीय जितेन याख्खा घाइते भएका थिए । उनको उपचार सोही अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।
तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।