Wednesday, February 12, 2025
देशकोशी प्रदेशकानेपोखरीमा करेन्ट लागेर एक पुरूषको मृत्यु

कानेपोखरीमा करेन्ट लागेर एक पुरूषको मृत्यु

सुनसरी : मोरङको कानेपोखरीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।

इलाका प्रहरी पथरीका अनुसार बुधबार राति शारीरिक रूपमा अशक्त पुरूषले विद्युतको तार मुखमा लगाउँदा कानेपोखरी गाउँपालिका- २ ओझाका ४० वर्षीय भुटाई केवरतको मृत्यु भएको हो ।

घरमै राति साढे ८ बजेतिर करेन्ट लाग्दा केवरतको घटनास्थलमै मृत्यु भएको थियो । विद्युत प्रवाह भइरहेको नांगो तार मुखमा लगाउँदा करेन्ट लागेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
स्थानीयका अनुसार सुस्त मनस्थितिका मृतक केवरत शारीरिक रूपमा अशक्त पनि थिए ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस