सुनसरी : धनकुटाको छथर जोरपाटी गाउँपालिका सिधुवा बजार नजिकै आजबाट हरेक बर्ष लाग्ने रगरगे मेला दुई दशक पछि स्थानियहरुले पुनः सञ्चालनमा आएको छ ।
बैशाखे पूर्णिमा वा चण्डी पूर्णिमा भगवान गौतम बुद्धको २५६७ औं जन्मजयन्तीको अवसर पारेर २४ बर्ष पछि चण्डिपुर्णे मेला (रगरगे)लाई निरन्तता दिदै छथरजोरपाटी गाउँपालिका वडा नम्वर ६ ले फस्ट सिधुवा रन २०८० शुरूवात भएको छ । लिम्बू जातिहरुको धान नाचले ख्याती पाएको उक्त तीन दिन सम्म लाग्ने मेला माओवादी द्वन्द्व पछि २०५५-०५६ सालबाट बन्द भएको थियो ।
सिधुवा रन टेन के खुल्ला पुरूष तर्फ र सात किलोमिटर खुला महिला तर्फको दौड प्रतियोगिताको गाउँपालिका अध्यक्ष छत्र सुब्बा, उपाध्क्ष गिताखेवा, वडा नम्वर ६ का अध्यक्ष दिपक गुरूङ्ग लगायतले रिवन काटेर कार्यक्रमको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा धान नाच्न र पालाम गीत गाउने जस्ता कार्यक्रम भएको हो । खुला पूरूष १० किलोमिटर दुरीको दौड प्रतियोगितामा पहिलो हुने विजयि खेलाडिले ट्रफि, मेडल र प्रमाणपत्रका साथमा नगद २५ हजार २२५ , दोस्रो हुनेले २० हजार ११५, तेस्रो हुनेले १५ हजार ११५ र खुला महिला सात किलोमिटर दौड प्रतियोगितामा पहिलो हुने १५ हजार १२५, दोस्रो हुनेले १० हजार ११५, तेस्रो हुनेले पाँचहजार ११५ रूपैयाँ पुरस्कार पाएका छन् ।
सुस्ताएको सिधुवा बजारलाई चलायमान बनाउनुका साथै लोप हुदै गएको धर्म, संस्कृतिको जगेर्नाकालागि रगरगे मेलाको आयोजना गरि दौड र धान नाँच प्रतियोगिताको आयोजना गरिएको आयोजक समितिका संयोजक एवं छथरजोरपाटी गाउँपालिका वडा नम्वर ६ का अध्यक्ष दिपक गुरूङ्गले बताए ।
सिधुवा हिलटप होटल देखि शुक्रबारे स्थित चप्परि चोकबाट पुन सिधुवा हिलटपसम्मको १० किलोमिटर दुरि र सात किलोमिटरको दुरीका दौड प्रतियोगिता सम्पन्न भएको छ ।