देशकोशी प्रदेशघोडामा सामान बोक्ने पेसा हराउँदै

घोडामा सामान बोक्ने पेसा हराउँदै

सुनसरी : सुनसरीको झुम्काका व्यावसायि घोडामा जातो लिएर इटहरी २० होम्समा ल्याएका छन् । उनी इटहरीका विभिन्न क्षेत्रमा लाग्ने बजार जातो बेच्ने गर्छन् । इटहरीमात्र नभएर पहाडी भेगमा पनि यसरी घोडामा जातो लिएर बेच्ने गर्छन् । यस पेसा पछिल्लो समय हराउँदै गएको छ । केही समय अघि सवारीसाधन नहुँदा खाद्य वस्तु सामान तथा वसारपसार गरिन्थ्यो ।

सडक विस्तार नहुँदासम्म छिटो गन्तब्यमा पुग्न घोडाको विकल्प थिएन । घोडा चढ्नु र पाल्नुलाई व्यक्तिको आर्थिक, सामाजिक हैसियत र प्रतिष्ठासँग तुलना गरिन्थ्यो । केहि बर्ष अघिसम्म यातायातका साधनका रुपमा प्रयोग हुने घोडा अहिले सडक विस्तारसँगै विस्थापित भएका छन् ।

घोडाको ठाउँ मोटरसाइकल र गाडीले लिएका छन् । घोडामा चढ्ने र सामान ढुवानी गर्ने चलन अहिले घटेको छ । घोडाको प्रयोग हिजोआज फेरिएको छ । तर पर्यटकका लागि भने घोडा आकर्षण बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img