देशकोशी प्रदेशपाथिभरामा २० हजारभन्दा बढी भक्तजन पुगे

पाथिभरामा २० हजारभन्दा बढी भक्तजन पुगे

नेपालीहरूको महान चार्ड पर्व लागे सगैं दशैंको समयमा बीस हजारभन्दा बढी भक्तजनले ताप्लेजुङको प्रसिद्व तीर्थस्थल पाथिभराको पुजापाठ गरि दर्शन गरेका छन् ।

दशैंको नवरात्रदेखि कोजाग्रत पुर्णिामाको अवधिभित्र उक्त सङ्ख्यामा भक्तजनले पाथिभरा माताको दर्शन गरेका छन् । दसैँमा देश विदेश र नेपालका मान्छे पुगि पाथीभराको दर्शन गर्न भक्तजन आउने गर्छन् ।कोभिड -१९ सङ्क्रमण जोखिमका बीचमा पनि भारतको सिक्किम, दार्जिलिङ जस्ता ठाउँबाट भक्तजन आएर पाथीभराको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिले बताएको छ ।

नेपालीहरूको महान चार्ड नवरात्रदेखि कोजाग्रत पुर्णिमासम्म १५ दिनभित्र बीस हजार बढी भक्तजनको पाथीभरा माताको दर्शन गरेको प्रहरी चौकी फेदीले बताएको छ ।यश अवधिमा नेपालको विभिन्न जिल्ला सुनसरी , मोरङ, झापा, इलाम , ताप्लेजुङ, काठमाडौं लगाएतका विभिन्न जिल्ला बाट पाथिभराको दर्शन गर्न आएका छन् ।

दशैं पछि अहिले पनि पाथिभरामा भक्तजन आउने जारी रहेको समितिले जनाएको छ । पाथिभरा दर्शनका लागि दशैं तिहारलाई मुख्य समय मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img