Saturday, July 19, 2025
देशकोशी प्रदेशहेवाखोलामा आएको बाढीमा बेपत्ता भएका एकजनाको शव १३ दिनपछि भेटियो, १९ जना...

हेवाखोलामा आएको बाढीमा बेपत्ता भएका एकजनाको शव १३ दिनपछि भेटियो, १९ जना बेपत्ता

spot_img

सुनसरी : सङ्खुवासभाको हेवाखोलामा गत असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले बेपत्तामध्ये एक जनाको शव अरुण नदी किनारमा फेला परेको छ । टाउको बाहेकको शरीरमात्र फेला परेकाले शव पहिचान हुन नसकेको छैन ।

चैनपुर नगरपालिका -११, दुम्कट्टामा बिहीबार साँझ शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज खनालले जानकारी दिए । फेला परेको शव खाँदबारी जिल्ला अस्पतालमा शवपरीक्षणका लागि ल्याइएको छ ।

- Advertisement -

फेला परेको शव पाँचखपन नगरपालिका- ७ का ३३ वर्षीय भुवनसिं तामाङकी श्रीमतीले आफन्तको भएको जिकिर गरे पनि पुष्टि हुन सकेको छैन ।

बाढी पहिरामा परेका अन्य १९ जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ । बाढी पहिराका कारण जिल्लाका विभिन्न स्थानका २० घरपरिवार विस्थापित भएका छन् । बाढी पहिराबाट विस्थापित भएका २० घरपरिवारमध्ये १२ घर पूर्ण क्षति भएका छन् । बेपत्ता भएकाको खोजकार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img