देशकोशी प्रदेशएकसाता सम्म शव नभेटिएपछि तमोरमा बेपत्ता भएका बेलबारीका खत्रीको काजकिरिया सुरु

एकसाता सम्म शव नभेटिएपछि तमोरमा बेपत्ता भएका बेलबारीका खत्रीको काजकिरिया सुरु

सुनसरी : तमोर नदीले बगाएर बेपत्ता भएका मोरङको बेलबारी नगरपालिका- ११ लक्ष्मीमार्गका २३ वर्षीय सिद्धार्थकुमार खत्रीको शव एक सातासम्म फेला नपरेपछि काजकिरिया शुरु गरिएको छ ।

बिहिबार स्थानीय केशलिया घाटमा कुशवको शव बनाएर अन्त्येष्टि गरि उनको काजकिरिया शुरु गरिएको परिवारका सदस्यले जानकारी दिए । धनकुटाको साँगुरीगढी- ९ दिलुङटारस्थित तमोर नदीमा गत असार ८ गते शुक्रबार दिउँसो मोटरेवल पुल निर्माणका लागि नापजाँच गर्ने क्रममा चिप्लिएर झरेपछि तमोर नदीले उनलाई बगाएको थियो ।

बिहीबार दिउँसो ३ बजेतिर पुल निर्माणका लागि ढुंगामा चढेर नापजाँच गर्ने काम भइरहेको थियो । सोही बेला उनी चिप्लिएर नदीमा झरेको जिल्ला प्रहरी कार्यालयका निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनी मंगलबार मात्रै ६ जना साथीहरु सहित प्रयोगात्मक अभ्यासका धनकुटा पुगेको बताइएको छ । उनी काठमाडौंको थापाथली क्याम्पसमा इन्जिनियर पढ्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img