Saturday, July 19, 2025
समाजहावाहुरी सहित भीषण वर्षा

हावाहुरी सहित भीषण वर्षा

spot_img

काठमाडौं: कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमतीका केही स्थानमा भीषण वर्षा भैरहेको महाशाखाले जनाएको छ।

हाल मनसुनी वायुको प्रभाव रहेकाले देशका केही स्थानमा हावाहुरी सहित भीषण वर्षा भएको हो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

- Advertisement -

यति वेला कर्णाली, गण्डकी, बागमती र कोशीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।

आज राति लुम्बिनी, गण्डकी, मधेश र कोशी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img