Thursday, July 17, 2025
समाजअब शिक्षकको तलब ३१ हजार २९६ देखि ६८ हजार १४५ सम्म

अब शिक्षकको तलब ३१ हजार २९६ देखि ६८ हजार १४५ सम्म

spot_img

काठमाडौं: काठमाडौं महानगरपालिकामा सामुदायिक विद्यालय सरह निजी विद्यालयका शिक्षकहरुको तलब बढेको छ । महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगरभित्रका संस्थागत विद्यालयमा कार्यरत शिक्षकको लागि नयाँ तलबदर तोकेका हुन् ।

मेयर साहले सामाजिक सञ्जाल मार्फत भनेका छन्– ‘काठमाडौं महानगरपालिकामा संस्थागत ( निजि / Private ) विद्यालयको शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको छ। तर ‘शिक्षा ऐन, २०२८’ को दफा १२(७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ। यस्तै काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ।’

- Advertisement -

मेयर साहले अगाडि भनेका छन् – ‘सोही बमोजिम काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने निम्न अनुसारको तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि प्राप्त गराउन काठमाडौं महानगरपालिकाका सम्पूर्ण संस्थागत विद्यालयहरूलाई सूचित गरिन्छ।’

मेयर साहले सार्वजनिक गरेको तलबमानमा पद र श्रेणी अनुसारको तलब तोकी सुरुको तलब र काम हुने जम्मा तलबको दर तोकिएको छ । उनले माध्यमिक, निम्न माध्यमिक र प्राथमिक गरी तीनवटै तहका विद्यालयका शिक्षकको तलब दर तोकेका छन् ।

यससँगै अब शिक्षकको तलब न्यूनतम ३१ हजार २९६ देखि अधिकतम ६८ हजार १४५ सम्म पुगेको छ । नयाँ तोकिए अनुसारको तलब नपाएमा महानगरपालिकामा सम्पर्क राख्न उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img