सुनसरी / झापाको शरणामतीमा मोटरसाइकलको ठक्करबाट घाइते भएका पैदलयात्री बृद्धको मृत्यु भएको छ ।
शुक्रबार झापा गाउँपालिका – ६ शरणामतीस्थित पन्थापाडा–शरणामतीको भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र १-०१-०१३ प ८९४१ नम्बरको मोटसाइकलले पैदलयात्री सिटौलालाई ठक्कर दिएको थियो । मृत्यु हुनेमा झापा गाउँपालिका – ६ निवासी ८४ वर्षीय भोलानाथ सिटौला रहेका छन् ।
दुर्घटनामा परी घाइते भएका सिटौलालाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा लगिएको थियोे । उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।