सुनसरी / लगातार परेको बर्षात तथा चट्याङको जोखिमका कारण इटहरीका सामुदायिक तथा निजि विद्यालय आज सार्वजनिक विदा दिएको छ ।
केही बेरअघि इटहरी उपमहानगरपालिकाको शिक्षा महाशाखाको सबैको बैंठकले यस्तो निर्णय गरेको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले बताए ।
बर्षाका कारण धेरै वडाहरु जलमग्न भएको र विद्यालय अध्ययन गर्ने विद्यार्थीहरुमा त्रास बढेकाले उनिहरुको मनोवैज्ञानिक रुपमा असर नपरोस् र कुनै अप्रिय घटनामा हुन नदिनका लागि यस्तो निर्णय गरेको मेयर पौडेलले बताए ।