मकवानपुर: बागमती प्रदेश सरकारले देशमै पहिलोपटक कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रमा प्रतिकुल असर पार्ने विपदबाट प्रभावित किसानलाई राहत रकम प्रदान गरेको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रम बमोजिम १ करोड ५७ लाख ७५ हजार १ सय ६० रुपैयाँ राहत रकम कृषकलाई वितरण गरेको हो ।
राहत रकम वितरणको लागि मन्त्रालयले गत २०७९ मंसिर २३ गते सुचना निकालेर विपदबाट प्रभावित किसानलाई निवेदन पेश गर्न आव्हान गरेको थियो । बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकासमन्त्री राजेन्द्र मान श्रेष्ठको संयोजकत्वमा बनेको राहत व्यवस्थापन तथा निर्देशन समितिको विभिन्न मितिमा बसेको बैठकले ४१ जना किसानलाई १ करोड ५७ लाख ७५ हजार १ सय ६० रुपैया रकम वितरण गर्ने निणर्य गरेको थियो ।
हेटौंडा-११ स्थित एलिना बंगुर फर्मलाई ३ लाख ९० हजार रुपैयाँ र हेटौंडा-३ स्थित सिमलथली बाख्रा फर्मलाई १ लाख १३ हजार रुपैयाँ राहत रकम प्राप्त भएको छ । यस्तै हेटौंडा-६ की व्यवसायी कल्पना घिमिरेलाई १ लाख ३६ हजार ९ सय २० रुपैयाँ, हेटौंडा-६ की अम्बिका खतिवडा, कृष्ण प्रसाद दंगाल र पुष्पराज पराजुली तीनै जनाले जनही १० हजार ८० रुपैयाँ राहत प्राप्त गरेका छन् । हेटौंडा-६ का किर्तिमान श्रेष्ठले १७ हजार ६ सय ४० रुपैैयाँ र हेटौंडा-१७ का प्रदिप थापा क्षेत्रीले ७५ हजार ६ सय रुपैयाँ राहत रकम पाएका छन् । यस्तै इन्द्रसरोवर गाउँपालिकास्थित एकिकृत बस्ताकोटी कृषि फर्मले ४५ हजार १ सय ६० रुपैयाँ र हेटौंडा-६ स्थित अनुस्थ नर्सरी तथा व्यवसायिक तरकारी फमले ३० हजार २ सय ४० रुपैयाँ राहत पाएको छ ।
यस्तै, काभ्रे जिल्लाको धुलिखेल- ३ स्थित नोबेल कृषि फर्मले ५ लाख ७० हजार रुपैयाँ, चौरीदेउराली-३ स्थित हाम्रो माझिफेदा पशुपालन तथा कृषि फर्मले ३६ हजार रुपैयाँ, पनौती- ९ स्थित दाजुभाई एकिकृत बहुउद्देश्य कृषि फार्मले ३५ हजार रुपैयाँ राहत पाएको छ । यस्तै पनौती- ५ स्थित गैरीगाउँ कृषि तथा पशुपन्छी फार्मले ८ लाख २० हजार रुपैयाँ, पनौती-५ स्थित टिम भिजन एग्रिकल्चर फार्मले १० लाख रुपैयाँ, पनौती- १० स्थित श्रेष्ठ वंगुर फार्मले ९ लाख ६० हजार रुपैयाँ, सोही वडास्थित हाम्रो बंगुर फामले १० लाख रुपैयाँ, र बनेपा-७ स्थित एसएस बंगुर, माछा तथा कृषि फार्मले १० लाख राहत रकम पाएको छ ।
यस्तै, चितवन जिल्लाको भरतपुर-६ स्थित पाथिभरा पशुपालन तथा दाना उत्पादन केन्द्र प्रालिले १० लाख रुपैयाँ, इच्छाकामना-७ स्थित गोपी पशुपन्छी फर्मले १० लाख रुपैयाँ, खैरहनी-४ स्थित गौशाला कृषि फर्मले ८ लाख ७० हजार रुपैयाँ र खैरहनी -१ स्थित न्यू कर्माचार्य एकिकृत फर्मले १० लाख रुपैयाँ राहत पाएको छ । यस्तै इच्छाकामना-७ स्थित सिमलढाप कृषि व्यवसायिक फर्मले २ लाख रुपैयाँ, सोही वडाका व्यवसायी कुमार चेपाङले २ लाख, रत्ननगर-११ स्थित गुरुङ्ग एकिकृत पशुपन्छी पालन तथा बंगुर फर्मले १ लाख ४० हजार, रत्ननगर-९ स्थित पौडेल एकिकृत पशुपन्छी मत्स्य तथा कृषि फर्मले ६ लाख २० हजार, रत्ननगर-३ का सियाना महतोले १० हजार रुपैयाँ, राप्ती-६ स्थित सुकदेव धरेलले १० हजार रुपैयाँ, सोही वडाकी व्यवसायी सावित्री कुमारी धरेलले ६ हजार १ सय २० रुपैयाँ, दण्डपाडी दनैले ११ हजार १ सय ६० रुपैयाँ राहत पाएको छ ।
यस्तै, नुवाकोट जिल्लाको ककनी- २ स्थित धादिङ कृषि फर्मले ३ लाख ८० हजार रुपैयाँ र शिवपुरी-८ स्थित एसआर बंगुर तथा पशुपन्छी फर्मले ७ लाख ३० हजार राहत रकम पाएको छ । यस्तै भक्तपुर जिल्लाको सूर्यविनायक-७ स्थित पोकम कृषि बहुउद्देशीय प्रालिले १० लाख रुपैयाँ राहत पाएको छ ।
यस्तै ललितपुर जिल्लाको गोदावरी-७ स्थित त्रियोगा एग्रिकल्चर प्रालि र महालक्ष्मी-८ स्थित सुनाखरी पशुपालन तथा अर्गानिक उत्पादक फार्म प्रालिले १०-१० लाख रुपैयाँ पाएको छ । यस्तै धादिङ जिल्लाको निलकण्ठ-७ की व्यवसायी मंगली नेपालीले १० हजार रुपैयाँ र सोही वडाकै राम बहादुर रोक्का ४० हजार राहत रकम पाएको छ । यस्तै सिन्धुली जिल्लाको गोलाजोर-६ स्थित एसएस पशु राँगा वैध तथा माछापालन केन्द्रले १ लाख ३० हजार रुपैयाँ राहत पाएको छ । यस्तै दोलखा जिल्लाको भीमेश्वर-९ का व्यवसायी मान बहादुर तामाङ्गले १ लाख १० हजार रुपैयाँ र काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर-२ सन्देश महर्जनले २८ हजार रुपैयाँ राहत रकम प्राप्त गरेका छन् ।
मन्त्रालयको आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रममा ५ करोड बजेट विनियोजन भएको छ । यस चालु आर्थिक वर्षमा राहत वितरण हुन नसकेको निवेदनलाई आगामी आर्थिक बर्षमा सम्बोधन गर्ने मन्त्रालयको योजना रहेको जनाएको छ ।