Monday, January 13, 2025
देशकोशी प्रदेशटेम्केमैयुङ गाउँपालिकाद्धारा जिल्ला कारागार भोजपुरलाई स्मार्ट टिभि हस्तान्तरण

टेम्केमैयुङ गाउँपालिकाद्धारा जिल्ला कारागार भोजपुरलाई स्मार्ट टिभि हस्तान्तरण

भोजपुर : भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले जिल्ला कारागार भोजपुरलाई स्मार्ट टिभि हस्तान्तरण गरेको छ ।

आज एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे र जिल्ला कारागार भोजपुरका जेलर जगनाथ गुरागाईलाई संयुक्तरुपमा गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले टिभि हस्तान्तरण गरेका छन् । अध्यक्ष बस्नेतले ४३ ईन्चको स्मार्ट टेभि हस्तान्तरण गरेका हुन ।

कैदीबन्दीलाई सूचना तथा सञ्चारको सहज पहुँच पुगोस भन्ने उद्देश्यले टिभि हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष बस्नेतको भनाई छ । टिभि पाए संगै कैदीबन्दी खुसी भएका छन् । स्मार्ट टिभिले थुनुवा तथा कैदीबन्दीलाई देशविदेशको समाचार तथा जानकारी पाउन सहज भएको चौकीदार भिमशेन राईले बताए । स्मार्ट भिटी कारागार भित्र रहेका थुनुवा तथा कैदीबन्दीका लागि साक्षरता प्राप्त गर्ने औजार रहेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए ।

थुनुवा तथा कैदीबन्दीलाई मनोरञ्जनसंगै ज्ञानगुणका कुरा सिक्न समेत सहज भएको प्रजिअ घिमिरेको भनाई छ । कार्यक्रममा जिल्ला अदालत भोजपुरका न्यायधीश मणिराम न्यौपाने, टेम्केमैयुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दिप न्यौपाने, सहायक प्रजिअ राजु शर्मा, वडा नं.३ का वडा सचिव लिला पराजुली लगाएतको उपस्थिती रहेको थियो ।405499807tamke1

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img