Wednesday, May 14, 2025
देशकोशी प्रदेशधरानबाट भोजपुर जाँदै गरेको बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु
spot_img

धरानबाट भोजपुर जाँदै गरेको बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु

spot_img

सुनसरी – धरानबाट भोजपुरको घोरेटार जाँदै गरेको बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । धरानबाट भोजपुर जाँदै गरेको बोलेरो उदयपुरको मैनामैनीमा दुर्घटना भएको हो ।

बोलेरोमा १४ जना सवार थिए । दुर्घटनामा ६ जनाको मृत्यु भएको खवर आएलगलगत्तै स्थानीयहरुसँग समन्वय गरी प्रहरीले उद्दार गरिरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक सुदिपराज पाठकले बताए ।

मृत्यु हुनेको पहिचान भने खुल्न सकेको छैन । घटनास्थलमा उद्धारको कार्यभइरहेको र एम्बुलेन्स पनि पुगिसकेको पाठकले बताए । स्थानीयका अनुसार गाडी सडकबाट करिब ८०० मिटर तल भिरमा खसेको छ ।दुर्घटनामा मृत्यु हुनेमा ६ जनामध्ये २ पुरुष, ३ महिला र एक बालक रहेको प्रहरीको भनाई छ ।

दुर्घटनामा घाइते भएकाहरुको थप उद्दारका लागि हाल उक्त स्थानमा प्रहरी चौकी हसनपुर भोजपुरबाट प्रहरी सहायक निरीक्षक सहित २ जनाको टोलि पुगिसकेको र उदयपुरबाट समेत प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img