उदयपुर : मंगलबार ३० गते उदयपुरको लिमचुङबुङ गाउँपालिकामा मंगलबार श्रीमानले श्रीमतीको ह’त्या गरेका छन् ।
३० गते मंगलबार राति साढे ११ बजे लिमचुङबुङ गाउँपालिका-५ नम्बर वडामा जाते हिम्मा बस्ने ७० वर्षीय सन्तबहादर राईले आफ्नै कान्छि श्रीमती ५६ वर्षीया चतुरमायाको ह’त्या गरेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।
उनका दुई जना श्रीमती रहेका थिय । कान्छि श्रीमतीले आफुले छाडेर जाने गरेको भन्दै श्रीमती चतुरमायामाथि धारिलो ह’तियार सहित प्र’हार गरि ह’त्या गरेका हुन् ।राईले श्रीमतीको ह’त्या गरि आफुले पनि आ’त्माह’त्याको प्रयास गरेका थिय । उनले फेरि सोही हति’यारले आफ्नो घाँटी काटेको प्रहरीले जानकारी दिएको छ । आफन्तले थाहा पाएपछि प्रहरीलाई खबर गरेका हुन् ।
राईलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरू गरिरहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।