Thursday, April 24, 2025
देशकोशी प्रदेशइटहरीको ट्याङ्रा पुल भत्काएपछि कटान सुरु आसपासका २५ घर जोखिममा
spot_img

इटहरीको ट्याङ्रा पुल भत्काएपछि कटान सुरु आसपासका २५ घर जोखिममा

इटहरी | सुनसरीको इटहरी १३ मा रहेको ट्याङ्रा खोलाको पुल बाढिले भत्काएपछि आसपासका २५ भन्दा बढी घरहरू कटानको जोखिममा परेका छन् ।

इटहरी उपमहानगरपालिकाले खोला सफाईका क्रममा पुल मुनिको भाग समेत सफाइ गरेपछि पुल कमजोर भएर भत्किएपछि कटान सुरु भएको स्थानीयले बताएका छन् ।

पुल भत्काएपछि स्थानीयले अस्थायी बासको पुल बनाएर आवतजावत गर्न थालेपनी पुल भत्काएपछि आसपासका २५ बढी घरहरू कटानको जोखिममा परेको स्थानीय गीता पोखरेलले बताइन । वडा कार्यालय र इटहरी उपमहानगरपालिकाले कटान रोक्न कुनै पहल नगरेको उनले बताइन् । “वडा कार्यालयले पनि चासो दिएन अलि ठुलो वाढी आए गाउँ र घर नै डुबाउँछू उनले थपिन् ।

पक्की पुल भत्काएपछि लडेको भागले पानी थुनेपछि खोलाको दायाँ र बायाँ बाट कटान सुरु भएको स्थानियबासीले मंतलवार राती ११ वजे गाउँमा बोरा खोजेर कटान क्षेत्रमा राखेको थिए । कटनका कारण आफू रातभर सुत्न नसकेको स्थानीयहरूले बताए । “कटान रोक्न राति ११ बजे माटो भरेर बोराको बार लगायौ तर रातभर पनि परेपछि खोला बढेको छ” एकनाम स्थानीयले भने ।

उपमहानगरपालिकाले खोला थुनेको पुलको भाग हटाएमा कटान रोकिने भएपनी त्यसो नभएको स्थानीयले बताए । इटहरी उपमहानगरपालिकाले चासो नदिएको कारण मेयरलाई भेट्ने र गुनासो गर्ने स्थानीयहरूले बताएका छन् ।

इटहरी उपमहानगरले गत चैत १३ गतेबाट टेङ्ग्रा करिडोर निर्माण गर्ने भन्दै खोला सफाइ अभियानसँगै सीमा क्षेत्रभित्रका अवैध संरचना हटाउने अभियान चलाएको थियो । बर्सेनि आउने बाढीबाट इटहरीमा नोक्सानी हुन नदिन टेङ्ग्रा करिडोर योजनासँगै खोला सफाइ अभियान चलाइएको थियो

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

spot_img