देशकोशी प्रदेशझापाका विभिन्न स्थानबाट २८ जना बेसहारा नागरिकको उद्धार

झापाका विभिन्न स्थानबाट २८ जना बेसहारा नागरिकको उद्धार

झापा  | झापाको जिल्लाका विभिन्न स्थानबाट २८ जना बेसाहाराहरुको उद्धार गरिएको छ। र मानव सेवा आश्रमका झापा संयोजक खगेन्द्र विश्वकर्माका अनुसार उनीहरु हाल मेचीनगरस्थित आश्रममा आश्रय लिएर बसिरहेका छन् ।

सोमबार मात्रै झापाको बिर्तामोड नगरपालिका क्षेत्रबाट एक बृद्धसहित तीन जना बेसाहारा नागरिकको उद्धार गरिएको छ । मानव सेवा आश्रमका प्रतिनिधि, बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, नगर प्रहरी लगायतको टोलीले उनीहरुको उद्धार गरिएको हो ।

बिर्तामोड–४ बाट ९० वर्षीय छबिलाल तिम्सिना, बिर्तामोड–३ बाट १८ वर्षीय उजित सिं र बिर्तामोड–६ बाट २२ वर्षीया विनिशा गौतमको उद्धार गरिएको छ । बृद्ध तिम्सिना लामो समयदेखि बिरामी अवस्थामा त्यहाँस्थित कटेरोमा सुतेको अवस्थामा फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img