Sunday, January 19, 2025
देशकोशी प्रदेशधरानमा सरकारी नम्बर प्लेटका नक्कली गाडीबाट गाँजासहित पक्राउ

धरानमा सरकारी नम्बर प्लेटका नक्कली गाडीबाट गाँजासहित पक्राउ

धरान |धरानमा गाँजासहित पक्राउ परेका दुईवटा सरकारी नम्बर प्लेट भएको भनिएको गाडी नक्कली रहेको खुलेको छ। प्रहरीको अनुसन्धानले यी गाडीहरूको नम्बर प्लेट, च्यासिस नम्बर र इञ्जिन नम्बर यातायात कार्यालयमा दर्ता नभएको पुष्टि गरेको छ।

प्रहरीले सरकारी नम्बर प्लेट प्रयोग गरिएको स्कारपिओ गाडीबाट ६९० केजी गाँजा बरामद गर्दै मोरङको सुन्दरहरैँचा नगरपालिका-११ का ३६ वर्षीय श्यामकुमार विश्वकर्मालाई पक्राउ गरेको छ। उनी बा १ झ ४६०५ नम्बरको गाडीका चालक रहेको खुलेको छ। अर्का गाडी चालक भने फरार छन्।

प्रहरीका अनुसार बरामद गाडीहरूमा बा १ झ ५१२७बा १ झ ४६०५ नम्बर प्लेट थिए। यी नम्बर प्लेटहरूको दर्ता यातायात कार्यालयमा नभएको पाइएको छ। थप अनुसन्धानले यी गाडी सरकारी नभई नक्कली नम्बर प्लेट प्रयोग गरेर चलाइएको पुष्टि गरेको हो।

पक्राउ परेका गाडीहरूको च्यासिस नम्बर र इञ्जिन नम्बर क्रमशः इइ१०००००९०००२इ२८९४१५५ (बा १ झ ४६०५) तथा जेडब्लुबीएबी १४२०३११००६जीए १३६३०२४८ बी (बा १ झ ५१२७) रहेको प्रहरीले जानकारी दिएको छ। यी नम्बरहरू कुनै पनि सरकारी रेकर्डमा दर्ता नभएको पाइयो।

बा १ झ ५१२७ नम्बरको गाडी नियन्त्रणमा लिन प्रहरीलाई गोली चलाउनुपरेको थियो। फरार गाडी चालकको खोजीका लागि विशेष सुरक्षा समिति परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले बताए।

प्रहरीले नम्बर कीर्ते, गाडी दर्ता झुटो विवरण र गाँजा तस्करीमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य तीव्र पारेको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img