Wednesday, February 12, 2025
देशकोशी प्रदेशअरुण गाउँपालिकामा १५ सैयाको अस्पताल निर्माण अन्तिम चरणमा

अरुण गाउँपालिकामा १५ सैयाको अस्पताल निर्माण अन्तिम चरणमा

कोशी | भोजपुरको अरुण गाउँपालिकामा निर्माण भइरहेको १५ सैयाको अस्पतालले स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। गाउँपालिकाको प्याउलीमा निर्माणाधीन अस्पतालको काम अन्तिम चरणमा पुगेको छ, र २०८१ सालको चैत्र मसान्तसम्ममा निर्माण कार्य पूरा गर्ने लक्ष्य राखिएको छ।

गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले निर्माणस्थलको निरीक्षण गर्दै अस्पतालले ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने विश्वास व्यक्त गरे। उनले भने, “अस्पताल सञ्चालनमा आएपछि बासिन्दाहरूलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य हुनेछ।”

१५ करोड लगानीमा गुणस्तरीय स्वास्थ्य सेवा

अस्पताल निर्माणमा झन्डै १५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। हाल भवनको फिनिसिङ कार्य तीव्र गतिमा अघि बढिरहेको छ। निर्माण कम्पनीका प्रतिनिधिहरूले समयमै काम सम्पन्न गर्न सबै प्रक्रिया द्रुत गतिमा अघि बढाइएको बताएका छन्।

स्थानिय बासिन्दाहरूले अस्पतालले स्वास्थ्य सेवाको पहुँचमा सुधार ल्याउनेमा ठूलो आशा गरेका छन्। उनीहरूको अनुसार, अस्पताल सञ्चालनमा आएपछि गाउँपालिकाभित्रका बासिन्दाले सहज र समयमै गुणस्तरीय उपचार सेवा पाउनेछन्।

यो परियोजनाले अरुण गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने र जनताको जीवनस्तर उकास्ने योजना अघि सारेको छ। गाउँपालिकाले सुलभ स्वास्थ्य सेवा प्रदान गर्नसाथै विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू संचालन गर्न सकिने आधारशिला निर्माण गरेको बताएको छ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस