देशकोशी प्रदेशइटहरीमा मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु

इटहरीमा मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु

इटहरी | इटहरीमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका एक पुरुषको ११ दिनपछि मृत्यु भएको छ।

माघ १७ गते बिहीबार इटहरी–१ आँपगाछीमा धरानबाट इटहरीतर्फ आउँदै गरेको कोशी प्रदेश–१–०३–००१ प ३३०७ नम्बरको मोटरसाइकल र धरानतर्फ जाँदै गरेको प्र–१–०२–००२ च ४८४१ नम्बरको म्याजिक भ्यान आपसमा ठक्कर खाँदा दुई जना घाइते भएका थिए।

दुर्घटनामा मोटरसाइकल चालक ताप्लेजुङ मिरिङ्दिन गाउँपालिका–१ का ३५ वर्षीय गणेश लिम्बू र पछाडि सवार ३५ वर्षीय मीना लिम्बू घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि विराट नर्सिङ होम लगिएको थियो।

गम्भीर घाइते गणेश लिम्बूको उपचारका क्रममा माघ २८ गते सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ। पछाडि सवार मीना लिम्बूको भने सोही अस्पतालमा उपचार जारी छ।

यसैबीच, दुर्घटनामा संलग्न म्याजिक भ्यान चालक इटहरी–५ निवासी ३९ वर्षीय मुक्ति बहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img