सुनसरी : झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका-३ स्थित बुद्धचोकबाट एक युवकले मोटरसाइकल चोरीमा संलग्न एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इलाम पशुपतिनगर नगरपालिका-३ का २५ वर्षीय पासाङ तामाङ रहेका छन् । गत मंसिर २१ गते बुधबार राति इलामको रोङ गाउँपालिका-३ कुटिडाँडाका रोहीत राईको घरको आँगनबाटै मे ९ प ५२१० नम्बरको कालो रङको १५० सिसि पल्सर मोटरसाइकल चोरी भएको खबर प्राप्त हुनासाथ खोजतलास गर्दै जाँदा इलाका प्रहरी कार्यलय झापाको बुधबारेबाट खटिएको प्रहरी टोलीले तामाङ लाई पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङको इलाका प्रहरी कार्यलय पशुपतिनगरबाट थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।




