सुनसरी : रोङ गाउँपालिकामा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृ´त्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक इलामको रोङ गाउँपालिकामा बस्ने सन्तोष राई र पछाडि बसेका सोही ठाउँका चन्द्रबहादुर राईको मृ´त्यु भएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । पुर्व- पश्चिम राजमार्गमा ना ५ ख ७९३७ नम्बरको बस र मे ७ प २८४६ नम्बरको मोटरसाइकल ठोक्किँएका थिय ।
हिजो बेलुका भएको दुर्घटनामा घाइते भएका ३३ वर्षका सन्तोष र ४० वर्षका चन्द्रबहादुरको उपचारका क्रममा झापाको बीएण्डसी अस्पताल बिर्तामोडमा मृ´त्यु भएको हो ।



