इटहरी : धरान उपमहानगरपालिका-१३ का बैकिङ कसुर मुद्धाका फरार प्रतिवादी ३८ बर्षिय मुन्ना थापालाई प्रहरीले पक्राउ गरेको छ ।
सम्मानित उच्च अदालत विराटनगरको मिति २०७६/०१/१६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष ६ महिना कैद र रु.चार लाख पचाँस हजार सात सय छैसठ्ठी रुपैया, जरिवाना भएता पनी हाल सम्म फरार रहदै आएका थापालाई प्रदेश १ प्रहरी कार्यालयका आर आइ टि बाट खटिएको प्रहरी टोलीले आज बिहान पक्राउ गरेको छ ।
पक्राउ परेका थापालाई जिल्ला अदालत सुनसरीमा दाखिला गरेको तथा सम्मानित अदालतबाट कैद भुक्तानको लागी आजै कारागार चलान गरेको छ ।