देशकोशी प्रदेशगाँजा सहित २ जना पक्राउ

गाँजा सहित २ जना पक्राउ

इटहरी : सुनसरीको इटहरी उप-महानगरपालिका-२० स्थितबाट लागुऔषध गाँजा सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनकुटा सहिदभुमी गाउँपालिका-१ का २४ बर्षीय बिक्रम राई र सोही स्थानका ३३ बर्षीय सन्जिप राई रहेका छन् ।

राती साढे १२ बजे प्रहरी चौकी तरहराबाट तरहरा चोक स्थित कोशी लोकमार्गमा खटिएको प्रहरी चेकिङ टोलीलाई देखि प्रदेश १-०२-०४२ प ६२१९ नम्बरको मोटरसाईकलमा सवार रहेका दुई जनाले झोला फाली गएकोमा सङ्का लागि दुबैजनालाई मोटरसाईकल सहित प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त झोलाबाट ७२ किलो ग्राम गाँजा बरामद भएको थियो ।

गाँजा सहित पक्राउ परेका बिक्रम राई र संजिव राईको इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img