Wednesday, February 12, 2025
देशमधेस प्रदेशधनुषामा ट्रक दुर्घटना हुँदा इनरुवाका दुई युवक र बेलबारीका एक युवकको मृत्यु

धनुषामा ट्रक दुर्घटना हुँदा इनरुवाका दुई युवक र बेलबारीका एक युवकको मृत्यु

सुनसरी / पूर्व पश्चिम राजमार्गस्थित धनुषाको मिथिला नगरपालिका- ३ हरिहरपुरमा आज बिहान दुई ट्रक एकआपसमा जुध्दा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

आज बिहान ४ बजे पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको प्रदेश १-०२-००१ ख ९२९२ नम्बरको ट्रक एकआपसमा जुधेर दुर्घटना भएको हो ।

ठक्करबाट ना ६ ख ६५७८ नम्बरको ट्रकका चालक सुनसरीको इनरुवाका का २७ वर्षीय सागर चौधरी सोही ट्रकका सहचालक सुनसरी भरौलका ३० वर्षीय अर्जुन चौधरी र प्रदेश १-०२-००१ ख ९२९२ नम्बरको ट्रक चालक मोरङको बेलवारी – ८ का ४४ वर्षीय लोकमान थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ ।

सोही ट्रकका सहचालक सर्लाहीको बाग्मती ११ का नारायण श्रेष्ठ गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । उनको ढल्केवरस्थित एक निजी अस्पताल उपचार भइरहेको छ । तीन जनाको उपचारका क्रममा मृत्यु भएको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस