सुनसरी / इटहरी गोल्डकपको उपाधि सगरमाथा युथ क्लब मोरङले जितेको छ ।
राष्ट्रिय जागृति क्लबको आयोजनामा आज शनिबार इटहरी रंगशालामा भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँलाई सडन डेथमा पराजित गर्दै सगरमाथाले उपाधि चुमेको हो ।
उपाधि जितेसँगै विजेता सगरमाथाले नगद १० लाखसहित ट्रफी हात पारेको छ । खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका उनै मौसम लिम्बू घोषित हुँदै नगद १० हजारसहित मेडल हात पारेका हुन् । उपबिजेता भएको चर्च ब्वाइजले नगद ५ लाखसहित ट्रफी प्राप्त गरेको छ ।
गत वर्षको समेत विजेता रहेको सगरमाथा युथ क्लबका लागि विवेक बर्मा, स्टेफिन विनोज, राजीव लोप्चन, अभिषेक लिम्बू, मेस्सुको र महेन्द्र कार्कीले गोल गरेका हुन् । सुरुमा ५-५ जनाले प्रहार गर्दा सबैजनाको गोल भएपछि पछिल्लोपटक चर्च ब्वाइजका मनोजको गोल बाहिर गएको थियो भने सगरमाथाका महेन्द्रको गोल भएको थियो ।
समयअवधिभर बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा समेत बराबरी गोल भएपछि सडन डेथमार्फत सगरमाथाले उपाधि जितेको हो । गत शनिबारबाट भएको प्रतियोगितामा दुई विदेशीसहित आठ टिम सहभागी भएको थिए ।



