समाजबैतडीमा चार दिन विद्युत सेवा अवरुद्ध हुने

बैतडीमा चार दिन विद्युत सेवा अवरुद्ध हुने

बैतडी । बैतडीमा आज सोमबारदेखि चार दिनका लागि विद्युत् सेवा बन्द हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टका अनुसार सोमबारदेखि असार १० गतेसम्म चार दिन बैतडीमा विद्युत् सेवा अवरुद्ध हुने भएको हो ।

विद्युत् सबस्टेशन मर्मत गर्ने कार्य सुरु हुने भएकाले विद्युत् सेवा अवरुद्ध हुने भट्टले बताए । उनले भने, ‘जिल्लामा नयाँ विद्युत् सबस्टेशन राख्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने लागेको हो । मर्मत तथा नयाँ सबस्टेशन राख्न चार दिन नै लाग्ने अनुमान छ, त्यसैले उक्त अवधिमा विद्युत् सेवा अवरुद्ध हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img