Wednesday, April 30, 2025
समाजदेवरले भाउजूको शरीरमा पेट्रोल छर्केर आगो लगाए
spot_img

देवरले भाउजूको शरीरमा पेट्रोल छर्केर आगो लगाए

सप्तरीका एक युवकले आफ्नै भाउजूको शरिरमा पेट्रोल छर्केर आगो लगाएर हत्या गरेका छन् ।

सप्तरीको बोदेबर्साइन नगरपालिका-१ धनगढी निवासी प्रमेश्वर साहले भाउजू राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाएकाकाे राजकुमारीकाे श्रीमान रविनकाे आराेप छ । राजकुमारीकाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।

२१ माघ बिहान घरमा रोटी पकाइरहेको अवस्थामा २० वर्षीय प्रमेश्वरले २७ वर्षीया राजकुमारीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । राजकुमारीको शरीरको विभिन्न भाग जलेपछि विराटनगरमा उपचार भइरहेको थियो ।

उनको उपचारकै क्रममा शनिबार राति मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।प्रवक्ता काफ्लेले मृतकको श्रीमानको जाहेरीका आधारमा आगजनी गर्ने देवरको खोजी भइरहेको जानकारी दिए ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img