Friday, February 7, 2025
राजनीतिएमसिसीमा सहयोग गर्न ओलीलाई देउवा, प्रचण्डको आग्रह

एमसिसीमा सहयोग गर्न ओलीलाई देउवा, प्रचण्डको आग्रह

तीन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार अपराह्नबाट सत्तारुढ दुई दल र प्रमुख प्रतिपक्षीबीच बैठक बसेको थियो ।

बैक्ठकमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथै प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली बीचको बैठक सकिएको हो । बैठकमा स्थानीय तह निर्वाचन, एमसिसी, अवरुद्ध संसद खुलाउनेसहितका विषयमा छलफल भएको जनाइएको छ । ओली प्रधानमन्त्रीबाट बाहिरिएपछि पहिलोपटक बालुवाटार पुगेका हुन् ।

एमाले महासचिव शंकर पोखरेलका अनुसार छलफलमा गठबन्धनका नेताहरुसहित कानुनमन्त्रीसमेत रहेको जानकारी दिए । उनका अनुसार पछिल्लो राजनीतिक परिस्थितिका बारेमा विस्तृत रुपमा छलफल गरिएको जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी लगायतका विषयलाई अगाडि बढाउन सहयोग गर्न एमालेसँग आग्रह गरेको उनले जानकारी दिए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसिसीका सन्दर्भमा र सदन सुचारु गर्न एमालेले सहयोग गरोस् भन्ने अपेक्षा गरेको जानकारी दिए। प्रचण्डले चुनावसम्म सत्तापक्ष र प्रतिपक्षीसँग मिलेर राष्ट्रिय मुद्दाहरुमा मिलेर जानु पर्ने धारणा राखेका थिए । एमालेले एमसिसीमा सत्ता पक्षले दृष्टिकोण राखेपछि आफूहरुले दृष्टिकोण प्रस्तुत गर्ने धारणा राखेको उनले जानकारी दिए ।

प्रतिनिधि सभाको बैठक सुचारु गराउन आफूहरु तयार रहेको भएपनि सत्ता पक्ष जिम्मेवार नभएको उनले आरोप लगाए । ‘प्रतिनिधिसभामा उपस्थित रहेर भाग लिन चाहन्छौं तर वातावरण बनाउने जिम्मेवारी सत्ता पक्षको हो र सत्तापक्षले सकेको छैन सभामुखका कारण उपस्थित हुन समस्या छ’ उनले भने ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस