Saturday, April 19, 2025
समाजयि प्रदेशका पहाडी क्षेत्रमा वर्षाकाे सम्भावना, हिमपात पनि हुने
spot_img

यि प्रदेशका पहाडी क्षेत्रमा वर्षाकाे सम्भावना, हिमपात पनि हुने

पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । बिहान सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भुभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भुभागमा आंशिक बदली छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसाे प्रदेश १, बागमती र गण्डकीका पहाडी भुभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएकाे छ ।

राति प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

शुक्रबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img