Wednesday, January 15, 2025
समाजप्रथम वाग्मती प्रदेश खेलकुद प्रतियोगिता- भलिबलमा चितवन च्याम्पियन

प्रथम वाग्मती प्रदेश खेलकुद प्रतियोगिता- भलिबलमा चितवन च्याम्पियन

चैत्र ३, २०७८, काठमाडौँ | प्रथम वाग्मती प्रदेश खेलकुदअन्तर्गत चितवनले बिहीबार भलिबल उपाधि जितेको छ । चितवन पुरुष/महिला दुवैमा च्याम्पियन बन्यो ।

पुरुष फाइनलमा चितवनले सिन्धुलीलाई २५–२१, २५–२१, २५–१९ को सोझो सेटमा हरायो । सिन्धुलीका सरोज हायु उत्कृष्ट खेलाडी भए । स्पाइकरमा नवीन महतो, सेटरमा मन्जिल गुरुङ, डिफेन्डरमा चिन्तामणि महतो र ब्लकरमा सुमन तामाङ उत्कृष्ट बने । उत्कृष्ट चारै चितवनका हुन्

महिला उपाधि भिडन्तमा चितवनले रामेछापलाई २५–१३, २५–१८, २५–११ को सेटमा पन्छायो । चितवनकी आरती सुवेदी उत्कृष्ट खेलाडी बनिन् । स्पाइकरमा रामेछापकी सुनिता गौचन, सेटरमा चितवनकी जोसना महतो, डिफेन्डरमा रामेछापकी विमला सुनुवार र ब्लकरमा रामेछापकी प्रेममाया तामाङ उत्कृष्ट ठहरिए

विजेतालाई वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, आयोजक वाग्मती प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीलगायतले पुरस्कृत गरे । चारदिने प्रतियोगिताको पुरुष/महिलामा समान १२ टिम भाग लिएका थिए

पुरुष फुटबलमा दोलखा र ललितपुर सेमिफाइनल पुगेका छन् । दोलखाले भक्तपुरलाई ३–१ ले हरायो । विजेताका मिलन श्रेष्ठ, धिरज खत्री र रमेश भट्टराईले गोल गरे । अन्तिम चारमा दोलखाको भेट मकवानपुरसँग हुनेछ ।

ललितपुरले रामेछापलाई टाइब्रेकरमा ४–१ ले हरायो । निर्धारित समयको खेल १–१ बराबरीमा सकिएको थियो । सेमिफाइनलमा ललितपुरले धादिङको सामना गर्नेछ ।

पुरुष क्रिकेटमा ललितपुर र काभ्रे विजयी भए । ललितपुरले दोलखालाई सुपर ओभरमा पन्छायो भने काभ्रेले सिन्धुपाल्चोकमाथि ९ विकेटले जित पायो ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img