काठमाडौं, नेपाल ।
स्थानिय निर्वाचनको सरगर्मी देशभर चलिरहँदा सबैलाई आफ्नै स्थान विशेषको चाख लाग्नु स्वभाविक हो । त्यस बाहेक कसैलाई धेरैको चासोमा रहेको कुनै ठाउँ छ भने त्यो हो काठमाडौं र भरतपुर । काठमाडौं महानगरमा बालेन साह र भरतपुरमा महानगरमा रेणु दाहाल यसका कारण हुन् ।
स्थानिय निकाय निर्वाचन घोषणा अनिस्चितताका बिच देशभरमै पहिलो उम्मेद्दार घोषणा गरेका कोही थिए भने उनि हुन् बालेन साह । जसले काठमाडौंको मेयरमा उम्मेद्दार बन्छु भनेर घोषणा गरेरै आफुलाई निर्वाचनमा होमे ।
चुनावको हप्तादिन मात्र बाँकी रहँदा काठमाडौंमा सत्ताधारी काँग्रेस, माओवादी, समाजवादी लगायत ६ दलका साझा उम्मेदवार, बिपक्षि एमाले सहित विवेकशिल साझालाई समेत आच्छुआच्छु पारिरहेका छन् बालेनले । उनको पक्षमा युवा जनमत र आम समर्थन यसरी उर्लिएको छ कि कसैले कारण अकारण बिरोध गर्यो भने अहिले त्यो आम नजरमा पत्तासाफ हुनेगरि गिर्ने अवस्था छ ।
युवा आइकनको छवि बनाएर, काठमाडौं महानगरमा यति भोट लेराएर जित्छु भनेर घोषणै गरेर घरदैलो गरिरहँदा अकस्मात शुक्रबार अनलाइन खवर नामको अनलाईनले बालेनको बिपक्षमा जनमत पर्ने वा आलोचनात्मक टिप्पणी शैलिमा एक ब्लग प्रकाशित गर्यो । ‘भाइरल उम्मेदवार र राष्ट्रिय झण्डाको अपमान’ शिर्षकमा शम्भु सुस्केराको नाममा लेखिएको लेखले सारमा ‘राष्ट्रिय झण्डा प्रयोगको कठोर र स्पष्ट विधि भएको अवस्थामा बर्को जसरी ओढ्ने, ज्याकेट वा कोट जसरी लगाउने कुरा कल्पना गर्न सकिंदैन । तसर्थ उनले आफ्नो गल्तीमा सार्वजनिक रुपमा आत्मालोचना गर्दा इज्जत बढ्छ घट्दैन’ भनेर लेखिएको छ ।
वेवसाइटमा करिव ४ हजार पटक सेयर भएको उक्त समाचार एक दर्जन व्यक्तिले कमेन्ट गरेका छन् । जसमा सबै जसोले सुस्केराको चर्को आलोचना गरेका छन् ।
कुरा यतिमै सकिंदैन । अनलाइनखवरले आफ्नो फेसबुक पेजमा उक्त ब्लग सेयर गरेको छ । जसमा ४२ सय जनाले रियाक्ट गर्दा करिव २ सय रिसाएको, ५ सय हाँसेको, ५० जनाले लभ रियाक्ट सहित ३४ सयले लाइक गरेका छन् ।
तर यसको कमेन्ट सेक्सनमा हेर्ने हो भने २१ सय जनाले आफ्नो विचार लेखेका छन् । यसमा ९९ प्रतिशत वालेनको समर्थनमा छ । अब भनिरहन परेन सबै जसोले अनलाइनखवर, लेखक सुस्केराको चर्को आलोचना र बिरोध गरेका छन् ।
यसैमा बिरोध गर्नेहरुले कमेन्टमै अनलाइनखवर अनफलो अभियान थालौं भन्दै कमेन्ट गर्न थालेपछि अहिले अनलाइनखवरमा अनलाईन अनफलो गर्नेको बाढि चलेको छ ।
नेपाली समय अनुसार करिव ३ बजे ब्लग सेयर गरेयता यो समाचार तयार पारुन्जेल अनलाइनखवर १२ हजार भन्दा बढिले अनफलो गरिसकेका छन् । यो संख्या हरेक मिनेटजसो बढिरहेको छ ।
अनलाइनखवरले वालेनको बिरोध जनाउने या भनौं आलोचनात्मक टिप्पणी गरेर लेख मात्र राखेको छैन, घरदैलोमा के गर्छन् भन्दै एक भिडियो पनि राखेको छ । उक्त भिडियोमा समेत अनलाइनखवरले वालेन शाहले घरदैलो गर्दा सेल्फी खिच्ने, नमस्कार गर्ने हिँड्ने भन्दै छेडछाड शैलिमा समाचार लेखेको छ । यसमा समेत ३७ सय रियाक्ट आउँदा ३३० जनाले कमेन्ट गरेका छन् । यसमा गरिएका कमेन्ट ९९ प्रतिशत वालेनको पक्षमा छ । यसमा पनि उहि सैलि अनलाइनखवरको आशयको बिरोध गर्दै नागरिकहरुले अनलाइनखवर माओवादी पार्टिको भएको भन्दै अनेक टिप्पणी गरेका छन् ।
रोचक कुरा के भने वालेनको आलोचनात्मक ब्लग र भिडियो राखेको अनलाइनखवरले सत्तासाझेदार दलहरुको साझा उम्मेदवार सिर्जना सिंहको कुनै त्यस्ता खाले समाचार वा भिडियो राखेको छैन । बरु एकैदिन उनको पक्षमा भएको चुनावी सभाको लाइभ राखेको छ । यसबाट समेत आम नागरिक र वालेन पक्षमा उभिएकाहरु थप चिढिएको देखिएको छ । यसको प्रत्यक्ष असर हजारौं फलोअर गुमाइसकेको अनलाइनखवरले अहिलेपनि हरेक मिनेट आफ्ना फलोअरहरु गुमाउँदै गइरहेको छ ।