सुनसरी / नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली सुनसरीको इटहरीमा आयोजित चुनावी सभालाई आज शनिबार सम्बोधन गर्दै ओली भने प्रचण्डले दुर्घटनाको धम्की नदिए हुन्छ , अन्तिममा चिसै पानीले नुहाउने हो भनेका छन् ।
भरतपुरमा रेनु दाहाल नजिते मुलुक दुर्घटनामा जाने भनी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्ति पराजयको स्वीकारोक्ति मात्र टिप्पणी गरेका छन् ।
`गठबन्धन प्रती लक्षित गर्दै वडा तहमा समेत एक्लै चुनाव लड्न नसक्नेले देश चलाउन नसक्ने बताएका छन् । ´ गठबन्धन कता जाने , के गर्ने भन्ने गन्तव्य छैन । सरकार बनाउने बाँडीचुडि खाने र नातागोता पार लाउने मात्रै हो । ´ ` उनले भने वडामा पनि एक्लै चुनाव लड्न नसक्नेले देश कसरी चलाउँछन् ? गठबन्धनका हरेक अनुहार ढाडिएका किर्नाजस्ता भएको ओलीले टिप्पणी थियोे ।
`अस्ति प्रचण्डले खुरुक्क हँसिया हथौडामा भोट हालेर मेरी छोरी नजिताए दुर्घटना हुन्छ, जिताए भने खुशी हुन्छु र गठबन्धन १०, १५ ,२० वर्ष लैजान्छु भनेछन्, ओलीले भने, ’दुर्घटनाको धाक नदिए हुन्छ अन्तिममा उहाँले चिसै पानीले नुहाउने हो।’प्रचण्डले थर्काएपछि अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले ‘रेनुलाई प्रचण्डले होइन मैले उठाएको’ भन्न थालेका ओलीको भनाइ थियो ।
यहीँ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिका नेकपा एमालेको तर्फबाट उम्मेदवारीमा उठेका मेयरमा यामकुमार सुब्बा र उपमेयर संगिता चौधरी , मेयर द्वारीकालाल चौधरी र उपमेयर लक्ष्मी गौतमको उपस्थिति थियो भने नेता कार्यकर्ताको ठुलो भेला थियोे ।
आज उनी निर्वाचन प्रचार प्रसार गर्न मोरङको विराटनगर , सुनसरीको इटहरी , धरान र इनरूवामा हुने चुनावी सभालाई सम्बोधन गर्न आज प्रदेश १ का चार ठाउँमा सम्बोधन गर्ने भएका छन् ।