आउदो बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भोजपुर नगरपालिका वड न ११ बाट काङ्ग्रेस तर्फबाट वडा अध्यक्ष उम्मेदवार दिएका असोक राई यति बेला आफुलाइ जिताउन भोट माग्दै घर दैलोमा ब्यस्तछन । बिध्यार्थी जिवनबाट राजनीतिमा लागेका राई वडा अध्यक्षको लागि दरिलो दाबेदार हुन । उनले यश अघिपनी आफ्नो कार्यकाल सफलतापुर्बक नेतृत्व समालेका थिए ।
उनले युवाहरुको सहभागीता आय आर्जन रोजगार,खेलकुद सहितका योजनाले युवालाई आकर्षक गर्ने राईले बताउँछन् । “अहिलेको हरेक काम युवाले नै गर्नुपर्छ । हामीले काम गर्दा अझै पादर्शी हुन्छ । त्यही भएर महिले फेरि पनि वडा अध्यक्षको लागि उम्मेदवारी दिएको हु । ”
उनले वडालाई प्रयाप्त खानेपानी ,सिचाई प्राबिधिमैत्री शिक्षा,युवालक्षित कृषिमा आत्मानिर्भर स्वास्थ चौकिमा बर्थिङ सेवा जटिल रोगबाट पीडितलाई औसधि खर्च,सडक स्तरउन्ती सहयोग गाउँ गाउँमा ईन्टरनेटको पहुच पुर्याउने,आम्तेक बासिका लागि सञ्चालनमा रहेको खानेपानीको काम समयमा नै पूरा गर्ने जंगली जनवार मुख्यगरी बादरको समस्याको समधान गर्ने उनको योजना छ ।