इटहरी | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज शनिबार इटहरीमा भएको आमसभा कार्यक्रममा आएर सम्बोधन गर्ने क्रममा उनले भने गठबन्धनका दललाई ` टालाटुली बाटुली कति राम्रो पुतलीको´ टिप्पणी गरेका छन् ।
इटहरीमा एमालेले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले `गठबन्धन धेरै पार्टी जोडिर बनेकाले यसको कुनै ठोस काम नगर्ने दावि गरे । यसका साथै अहिलेको गठबन्धन देश र जनताको पक्षमा भन्दा परिवारवाद र नातावादमा लागेको आरोप उनले लगाएका छन् । ´
उनेले भने ` एक्लै वडा स्तरमा नै चुनाव लड्न नसक्नेले देश कसरी चलाउन सक्लान् भन्दै उनले पश्न पनि गरेकाछन् । ´ उनले अहिलेको गठबन्धन गन्तव्यहिन र दृष्टिकोण विहिन बनेको टिप्पणी गरे । साथै उनले यहीँ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनबाट एमालेकै नेतृत्वमा सरकार बन्ने दावि गरेका छन् ।
त्यस्तै, ओलीले भने `हिजो देउवाजीले महिला उठाएकाले काठमाडौं र भरतपुरमा मेयर जिताउनुपर्छ भन्नुभएछ, ‘त्यसो भए हामीले ५५ ठाउँमा पालिका अध्यक्ष वा मेयरमा महिलालाई उठाएका छौं, ती ठाउँमा तपाईँहरुले उम्मेदवारी फिर्ता लिनुस्।’
गठबन्धनका नाममा महिलाका हक खोसेर महिला जिताउनुपर्छ भन्नुको कुनै तुक नहुने ओलीको भनाइ छ। ‘गठबन्धनका नाममा महिलाका हक खोस्ने अनि महिलाको कुरा गर्ने भनेर ओलीले भने, ’महिला भनेपछि अरु कार्यकर्ता नहुने छोरी नै चाहिने पनि हुन्छ । राष्ट्रियसभामा पनि अरु नहुने भाइ नै चाहिने दावि गरेका छन् ।
स्थानीय तहको चुनावलाई प्रचार प्रसार र सम्बोधन गर्न नेता कार्यकता हिजोआज सम्बोधन गर्न विभिन्न ठाउँमा पुग्न थालेका छन् ।