Monday, January 13, 2025
समाजखेलाडी सञ्जुले आ'त्मह?त'या गरेको प्रहरीले निष्कर्ष

खेलाडी सञ्जुले आ’त्मह?त’या गरेको प्रहरीले निष्कर्ष

काठमाडौँ — ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित लुभुमा मंगलबार बिहान मृत भेटिएकी थिइन् ।

भारत्तोलन खेलाडी सञ्जु चौधरीले आ?त्मह?त्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ । लुभु स्थित प्रशिक्षक सञ्जीव महर्जनको घरको भुईँ तालामा सलको पासो लगाएर झु?ण्डिएको अवस्थामा उनी मृ?त फेला परेकी थिइन् । सञ्जुले १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक स्वर्ण जितेकी थिइन् ।

पंखा राख्न बनाएको हुकमा सलको पा?सो लगाएर झु?ण्डिएको अवस्थामा प्रहरीले उनको श?व निकालेको थियो ।‘प्रारम्भिक अनुसन्धानबाट आ?त्मह?त्या गरेको देखिन्छ,’ जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता (एसपी) सिद्धिबिक्रम शाहले आ?त्मह?त्याको कारणबारे अनुसन्धान गरिरहेका छौं ।’ सञ्जु बाँकेस्थित नेपालगञ्जकी हुन् ।

प्रहरीले उनको मोबाइल परीक्षणका लागि डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ । फरेन्सिक जाँच रिपोर्टका आधारमा मृत्युको कारणबारे थप अनुसन्धान गरिने एसपी शाहले जानकारी दिए । २४ वर्षीया सञ्जु झु?ण्डिएको देखेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए ।

उनका परिवारले प्रहरीलाई ‘केही थाहा नभएको’ बताएका छन् । उनको शव पाटन अस्पतालमा पो?ष्टमार्टम गरिँदै छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img