मकवानपुरको मनहरीको छुट्टाछुट्टै स्थानमा २ जनाको शव फेला परेको छ । मनहरी गाउँपालिका वडा नम्बर–७ स्थित मनहरी बजारमा एक पुरुष र वडा नम्बर–९ रजैयामा अर्का एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मनहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार मनहरी–७ मनहरी बजारमा फेला परेको शव स्थानीय ५७ वर्षीय राजु प्रसाद रौनियार रहेको छ भने मनहरी–९ मा फेला परेको शव स्थानीय ४२ वर्षीया अनिता गोपालीको रहेको छ । दुवै जनको शव मृतकको घरमा नै फेला परेको प्रहरीले जनाएको छ ।
गएराति आफ्नै घरको छतमा सुतेका रौनियारको शव विहान फेला परेको प्रहरीको भनाई छ । उनको घरको छतबाट खसेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
रौनियार आफ्नो तीन तलाको घरको छतमा सुत्ने गरेको र आज बिहान परिवारले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । यसैगरि, मनहरी–९ रजैयाकी गोपालीको शव आफ्नै घरमा झु^ण्डिएको अवस्थामा फेला परेको थियो । प्रहरीका अनुसार मृतक गौपाली आफ्नै घरमा एक्लै बस्दै आएकी थिइन् । विहान स्थानीयले उनको शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।
दुवैको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।