Monday, January 13, 2025
राजनीतिपैसा राखेर नमूना मतपत्र वितरण गरेको आरोपमा माओवादी कार्यकर्ता पक्राउ !

पैसा राखेर नमूना मतपत्र वितरण गरेको आरोपमा माओवादी कार्यकर्ता पक्राउ !

सिरहा । सिरहाको गोलबजार नगरपालिका–२ स्थित गुरुधाममा मतदातालाई पैसा बाँड्ने माओवादी केन्द्रका स्थनीय कार्यकर्तालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थनीय प्रेम कुमार लामा रहेको प्रहरीले जनाएको हो । गोलबजार नगरपालिकाका खेलकुद शाखाका कर्मचारी कुसुम लामाका बुवा रहेको बताइएको छ । उनी सोही पालिकाका पूर्व मेयर तथा माओवादी केन्द्र तर्फको मेयर पदको उम्मेदवार देवनाथ साह निकटको मान्छे रहेको स्थनीयहरुको आरोप छ ।

पक्राउ परेका लामाले नगर पालिकाको वडास्थित गुरुधाम गाउँमा मतदलतालाई पैसा बाँड्दै गर्दा नगद रकमसहित स्थनीयले उनलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएका हुन् ।

यता इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार पक्राउ परेका लामाबाट नगद नौ हजार बरामद भएको हो तर, उनी मतदातालाई पैसा बाँडेको भन्ने बारे पुष्टि नभएको र थप अनुसन्धान जारी रहेको बताए ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img