काठमाडौं– देशभरका कुल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान कार्य सुरु भएको छ । मतदान कार्य अपराह्न ५ बजेसम्म जारी रहनेछ। ऐतिहासक निर्वाचनबाट ७५३ स्थानीय तहका प्रमुख/उपप्रमख, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र खुला वडासदस्य गरी कुल ३५ हजार २२१ जना निर्वाचित हुनेछन्।
कसले कहाँबाट गरे मतदान ?
प्रचण्डले गरे मतदान
। नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहकाे लागि मतदान गरेको छन् । उनले चितवनको भरतपुर महानगरपालिका–१४ शान्तिपुरस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
रामचन्द्र पौडेलले गरे मतदान
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले शुक्रबार मतदान गरेका छन् । उनले बिहान व्यास नगरपालिका -२ सत्यवती माध्यामिक विद्यालयको मतदान केन्द्र ‘ख’ मा मतदान गरेका हुन् ।
गृहमन्त्री खाँण गरे मतदान
गृहमन्त्री बालकृष्ण खाँणले मतदान गरेका छन् ।उनले बिहान ७ बजे तिलोत्तमा–८ स्थित ज्योति आधारभूत विद्यालयमा मतदान गरेका हुन् ।
सभामुखले गरे मतदान
सभामुख अग्नि सापकोटाले मतदान गरेका छन् । उनले गृह जिल्ला सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गरेका हुन् ।
प्रकाशमान सिंहले गरे मतदान
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदान गरेका छन् । उनले काठमाडौं महानगरपालिका वडा नम्बर १६ बाट मतदान गरेका हुन् । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा उनकी श्रीमती सिर्जना सिंहले उम्मेदवारी दिएकी छन् ।
एमाले उपाध्यक्ष पाण्डेले गरे मतदान
नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पूर्वी चितवनको राप्ती नगरपालिका– ५ को मतदान केन्द्रमा मतदान गरेका छन् ।
एमाले उपाध्यक्ष पौडेलले गरे मतदान
एमाले उपाध्यक्ष विष्णु पौडेलले स्थानीय निर्वाचनका लागि मतदान गरेका हुन् । उनले बुटवलस्थित डिभिजन सडक कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भक्तपुरको लोकन्थलिबाट मतदान गरेर स्थानीय तह निर्वाचन सुरु गरिएको थियो ।