हेटौंडा । – देशभरका कुल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान कार्य सुरु भएको छ ।
मतदान कार्य अपराह्न ५ बजेसम्म जारी रहनेछ। ऐतिहासक निर्वाचनबाट ७५३ स्थानीय तहका प्रमुख/उपप्रमख, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र खुला वडासदस्य गरी कुल ३५ हजार २२१ जना निर्वाचित हुनेछन्।
हेटौंडामा शंकास्पद वस्तु फेला परेको छ । मतदान सुरु हुनुभन्दा अगाडिय हेटौंडा उपमहानगरपालिका-७ र ८ को सीमाना नजिकै फायरलाइनमा प्रेसर कुकरमा तार बाँधेर राखिएको अवस्थामा फेला परेको हो ।
उक्त शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।