Monday, January 13, 2025
देशकोशी प्रदेशसुनसरीमा शान्तिपूर्ण रूपमा मतदान जारी, सशस्त्र र म्यादी प्रहरी परिचालन

सुनसरीमा शान्तिपूर्ण रूपमा मतदान जारी, सशस्त्र र म्यादी प्रहरी परिचालन

सुनसरी / आज देशभरका ७५२ पालिकामा स्थानीय तहको निर्वाचनको मतदान सुरू भइरहेको छ । सुनसरीको १२ स्थानीय तहमा रहेको जिल्लामा शान्तिपूर्ण तबरले मतदान भइरहेको छ।

दुई उपमहानगरपालिका, चार नगरपालिका र ६ गाउँपालिकामा सौहार्दपूर्ण वातावरणमा मतदान भइरहेको जिल्लाका मुख्य निर्वाचन अधिकृत कैलाशप्रसाद सुवेदीले जानकारी दिएका छन् ।

स्थानीय तह निर्वाचन सुरक्षाका लागि प्रदेश १ मा पाँच हजार चार सय ४८ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ । प्रदेश नम्बर १ का विभिन्न जिल्ला म्यादी प्रहरी पनि परिचालन गरिएको छ । सुनसरीमा सात सय २८ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकालको लागि आज देशभर मतदान हुँदैछ। मुलुकमा संघीयता कार्यन्वयनपछि दोस्रो पटकको स्थानीय तह सदस्यका लागि आज मुलुकभरका ७५२ वटा पालिकामा मतदान हुँदैछ। देशभरका १० हजार ७५६ वटा मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img