काठमाडौं : बिहानैदेखि स्थानीय तह निर्वाचन भइरहेको छ। केहि स्थानमा झ,डपको स्थिती समेत सिर्जना भएको छ। झ,डप भएपछि परिस्थित नियन्त्रण गर्न प्रहरीले केहि ठाउँमा प्रहरीले ह,वाई फायर गरेको छ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारबीच झ,डप भएको हो । चंखेलीको महादेव मतदान केन्द्रमा झडप हुँदा प्रहरीले आठ राउन्ड हवाई फा,यर गरेको थियो । मतदान केन्द्रका अधिकृत कृष्णप्रसाद आचार्य घा,इते भएको स्थानीयले बताएका छन् । केहि समयका लागि मतदान रोकिएको छ ।
यस्तै, दोलखाको वैतेश्वर गाउँपालिका १ र २ का मतदान स्थलमा तना,वको स्थिति सिर्जना भएको छ । नेपाली कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झ,डप भएपछि तनावको स्थिती सिर्जना भएको हो । अहिले मतदान रोकिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
यस्तै, बाराको देवताल गााउँपालिका वडा नम्बर ७ मा मतदान रोकिएको छ। वडा नम्बर ७ स्थित पिपरपाति प्राविको मतदान केन्द्रमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीबीच झ,डप भएको थियो । झ,डपमा दुवै दलका वडा अध्यक्षका उम्मेदवार सामान्य घा,इते भएका छन् ।
झ,डप भएपछि स्थगित भएको मतदान कार्य केहिबेर अघिदेखि सुरु भएको हो । प्रहरीका अनुसार लोसपाका वडा अध्यक्षका उम्मेदवार विकास कुमार सिंहले एक वृद्ध मतदाताको मतपत्र लिएपछि त्यही विषयलाई लिएर कांग्रेसका वडा अध्यक्षका उम्मेदवार सत्यन्द्र यादव समूहले वि,रोध गरेपछि विवादले झ,डप रुप लिएको हो ।
रामेछापको खाँडादेवी गाउँपालिका १ र मन्थली नगरपालिका १२ मा झ,डप भएको हो। झ,डप भएपछि प्रहरीले स्थिती नियन्त्रणमा लिन हवाई फा,यर गरेको थियो ।
यस्तै काभ्रेको कात्तिके देउराली वडानम्बर ६ मा मतपेटीका तोड,फोड भएको छ । गोरखाको गण्डकी गाउँपालिका–७ घ्याल्चोकको ज्ञानमार्ग मावि ‘ख’मतदान केन्द्रमा पनि झ,डप भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झ,डप भएपछि प्रहरीले एक राउन्ड हवाई फा,यर गरेको छ ।
सर्लाहीको धनकौल गाउँपालिकास्थित पशुसेवा मतदान केन्द्रमा गो,ली चलेको छ । मतदानस्थल र प्रतिनिधि छनोटबारे दलहरुबीच वि,वाद बढेको थियो । वि,वाद बढ्दा ढुं,गामुढा प्रहार हुन थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन ६ राउण्ड हवाई फा,यर गरेको हो ।