Wednesday, February 12, 2025
समाजलुम्बिनीका शिक्षामन्त्री नै कक्षा १२ को परीक्षामा सहभागी भएपछि...

लुम्बिनीका शिक्षामन्त्री नै कक्षा १२ को परीक्षामा सहभागी भएपछि…

बुटवल |लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसी उद्दीन खाँ कक्षा १२ को परीक्षामा सहभागी भएपछि उनी अहिले चर्चामा छन् ।

उनले प्रदेश सभामा बुझाएको शैक्षिक योग्यताको प्रमाणपत्रमा स्नातक उत्तीर्ण भएको उल्लेख छ । मन्त्री खाँले रुपन्देहीको मायादेवी गाउँपालिका–५ को हाजीयनातुल्ला माविमा गत वर्ष कक्षा ११ मा भर्ना भएका थिए । उनले यही जेठ १६ गतेदेखि शुरू भएको कक्षा १२ को परीक्षामा सहभागी छन् ।

उनको लुम्बिनी सांस्कृतिक नगरपालिका–९, खुदाबगर आदर्श माविमा परीक्षा केन्द्र परेको छ । मन्त्री यादवले आफूले पढाइको महत्त्व बुझाउन आफूले अहिले भर्ना भएर पढ्न थालेको बताए ।

‘मैले कक्षा ११ पास गरे १२ को परीक्षा दिएको हुँ,’ मन्त्री खाँले लोकान्तरसँग भने, ‘यसअघि अगाडि फरक विषयमा स्नातक गरेको हुँ । अहिले फेरि मलाई शिक्षा संकाय पढ्न मन लागेर पढेको हुँ । मैले पढाइको महत्त्वको सन्देश दिन अहिले परीक्षा दिँदा ‘नेगेटिभ’ रूपमा साथीहरूले बुझेँ ।’

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस